Logo

गोलभेडाको जुस पिउनुहोस् र स्वस्थ रहनुहोस्



Spread the love

हामी सबैको भान्सामा पाइने एक महत्व चिज गोलभेंडा हो l जसको प्रयोग हामीले चट्नी बनाउनका साथै तरकारीको स्वाद बढाउनका लागि पनि गर्दछौँ l गोलभेंडा सेवनले हाम्रो जिब्रोको स्वादलाई कायम राख्नका साथ साथै यसको जुसले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न पनि मदत गर्दछ l

  • गोलभेंडाको जुस सेवन गर्नाले क्यान्सर रोक्नका साथै क्यान्सर हुने सम्भावना पनि कम रहने हुन्छ l
  • शारीरिक व्यायाम गर्दा शरीरको ऊर्जा कम हुन्छ । यस्तो ऊर्जाको कमीलाई हटाउनका लागी पनि गोलभेँडाको जुस पिउने बानी बसाल्नुपर्दछ l
  • गोलभेंडा वा यसबाट बनेको जुस खानाले मुटुसँग जोडिएको समस्याहरूबाट पनि छुटकारा पाइनेछ l
  • यदि तपाईँ कुनै काम गरेर थाक्नु वा गल्नु भएको छ भने पनि गोलभेंडाको जुस पिउनुहोस् l जसले गर्दा थकान हटाएसँगै स्वास्थ्यमा पनि फाइदाजनक पुर्याउदछ l
  • गोलभेंडामा भएका रसायनले मांसपेशी तन्किएर दुख्ने समस्यालाई शान्त बनाई रक्तसञ्चारलाई पनि सामान्य बनाउँदछन् ।

प्रतिक्रिया दिनुहोस्