Logo

डेनमार्कको पहिलो जित



Spread the love

२८ जेठ, काठमाडौं ।युरोकप छनोट अन्तर्गत डेनमार्कले जर्जियालाई ५–१ ले पराजित गरेको छ। घरेलु मैदानमा डेनमार्कलाई फराकिलो जित दिलाउन कास्पर डोलवर्गले २ तथा क्रिस्टियन इरिक्सन, युस्सुफ पौलसेन र मार्टिन ब्रेथवेटले समान १ गोल गरे । सावा लोभझानीडिजले एक गोल फर्काए ।

१३औं मिनेटमा कास्परले डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । सावाले २५औं मिनेटमा बराबरी गोल फर्काए । ३०औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डेनमार्कलाई २–१ को अग्रता दिलाए ।

६३औं मिनेटमा कास्परले गोल गर्दा डेनमार्क खेलमा ३–१ ले अघि बढ्यो । ७३औं मिनेटमा युस्सुफले गोल गर्दै फराकिलो जिततर्फ टोलीलाई लगे। इन्ज्युरी समयको तेस्रो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै डेनमार्क समूह ‘डी’ मा ५ अंक जोड्दै दोस्रो स्थान उक्लिएको छ । जर्जिया भने ३ अंक जोडेर चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्