Logo

मोरङमा गाडीले ठक्‍कर दिंदा एकको मृत्यु, दुई घाइते



Spread the love


२८ जेठ, मोरङ ।
मोरङको धनपालथान गाउँपालिका-४ गदियामा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। भने २ जना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ च ४६०९ नम्बरको पिकअप भ्यान अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि गाडीको ठक्करबाट धनपालथान-४ का मोहम्मद जवार, मोहम्मद अफ्सार अन्सारी र मोहम्मद कैफ गम्भीर घाइते भएको थियो । भने घाइते सबैको उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । तर उपचारका क्रममा मोहम्मद जवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए ।

उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्