Logo

प्रहरीद्वारा पेस्तोलसहित भारतीय नागरिक पक्राउ



Spread the love

२८ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको एक होटलबाट पेस्तोलसहित भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामणि घर भएका २२ वर्षिय कुणालकुमार सिंह रहेको छ । प्रहरीले गोप्य सुचनाको आधारमा होटलमा छापा मर्ने क्रममा सिंहको साथबाट एकथान चाइनिज र अर्को एकथान कटुवा पेस्तोल बरामद गरेको हो ।

पक्राउ परेका भारतीय नागरिक हतियार कारोबारी भएको हुनसक्ने आशंका रहेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्