Logo

विश्वकप जित्ने भारतको अभियानमा ठुलो धक्का



Spread the love

२८ जेठ, काठमाडौं । भारतीय क्रिकेटर शिखर धवन कम्तिमा पनि तीन हप्ताको लागि विश्वकपबाट बाहिरिएका छन् । आइतबार अष्ट्रेलिया विरुद्ध ब्याटिङ गर्दा उनको बाँया हातको बुढि औंलामा चोट लागेको थियो ।

ब्याटिङ गर्ने क्रममा बलले लागेर चोट लाग्दा पनि उनले दुखाईलाई पर्बाह नगरी खेललाई निरन्तरता दिई राखेका थिए । उनको खेलपछि औंलाको एक्स रे गर्दा भाँचिएको भेटिएको थियो । उक्त खेलमा उनी प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।

धवनले न्यूजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इन्डीज र इंग्ल्याण्ड विरुद्धको खेल गुमाउने भएका छन् । चोटबाट फर्किएमा उनले त्यस पश्चातको खेल भने खेल्न सक्नेछन् ।

फर्ममा रहेका उनको अनुपस्थितीले भारतलाई अप्ठेरो पर्ने विश्लेषण गरिएको छ । फर्ममा रहेका धवनको अनुपस्थितीले विश्वकप जित्ने भारतको अभियानमा ठुलो धक्का लाग्ने मानिएको छ ।

उनी टिममा नभएपछि रोहित शर्मासँग, केल राहुलले ओपनिङ गर्नेछ । त्यस्तै, उनको स्थानमा रिसभ पन्तलाई टोलीमा ल्याउन सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्