Logo

‘गली गलीमे शोर है माल्या चोर है..’



Spread the love

२८ जेठ, काठमाडौं । भारतीय ब्यापारी तथा किङफिसर ब्राण्डका मालिक बिजय माल्या क्रिकेट हेर्न लण्डनको ओभल स्टेडियम पुग्दा लज्जास्पद हुँदै फर्किनु परेका थिए ।

आइतबार भारत र अष्ट्रेलियाको म्याच हेर्न लण्डन पुगेका माल्यालाई भारतीय दर्शकको एक हुलले धेरै बेर हुटिङ गरे। एक समूहले घेरेर उनलाई ‘माल्या मेरा पैसा दे’, ‘चोर हे चोर हे गली गली मे शोर है बिजय माल्या चोर है…’ भन्दै हुटिङ गरेको थियो ।

उनी गेम सकिएपश्चात फर्कन क्रममा कारतर्फ अघि बढुन्जेलसम्म पनि उक्त भारतीय समूहले उनी बिरुद्ध नाराबाजी गरिरहे।

भारतका १३ वटा बैंकको ऋण नतिरी बेलायत भागेका आरोप माल्यामाथि छ। उनीमाथि एसबिआई बैंकले नेतृत्व गरेको १३ बैंकको टोलीले ऋण असुलीको मुद्दा दायर गरेका छन्। उनी हाल धरौटीमा रिहा भइ बेलायतमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्