Logo

गुल्मीको चन्द्रकोट गाउँपालिकामा १ सय ३६ जनालाई रोजागारी



Spread the love

२८ जेठ, काठमाडाैँ – गुल्मीका स्थानीय तहमा यति बेला प्रधानमन्त्री रोजगार कार्यक्रमले तीव्रता पाएको छ । यसै बिच जिल्लाको चन्द्रकोट गाउँपालिकामा  सोमवारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ ।

यो कार्यक्रमको थालनी पश्चात् चन्द्रकोट गाउँपालिका भित्रका महिला पुरुष गरी १ सय ३६ जनाले रोजगारी पाएका छन् । उनीहरूले ३० दिनसम्म काम पाउने र दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक बुझने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले सल्लेरी खबरलाई बताए ।

रोजगार पाएका १ सय ३६ जनाले सडक,बगैचा,विद्यालय तथा विभिन्न क्षेत्रमा काम गर्ने गाउँपालिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिकाबाट ७ सय ५० जनाले बेरोजागारी फर्म भरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्