Logo

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एक सय ३६ जनालाई रोजगारी



Spread the love

l

२८ जेठ, गुल्मी l गुल्मीका स्थानीय तहमा यति बेला प्रधानमन्त्री रोजगार कार्यक्रमले तीव्रता पाएको छ । यसै बिच जिल्लाको चन्द्रकोट गाउँपालिकामा पनि सोमबार देखी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ ।

यस कार्यक्रम पश्चात् चन्द्रकोट गाउँपालिकाका निवासी महिला र पुरुष गरी १ सय ३६ जनाले रोजगारी पाएका छन् । उनीहरूले ३० दिन सम्म काम पाउने र दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक बुझ्ने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले सल्लेरी खबरलाई बताए ।

रोजगार पाएका १सय ३६ जनाले सडक,बगैँचा,विद्याल, तथा विभिन्न क्षेत्रमा काम गर्न गाउँपालिकाले जनाएको छ । चन्द्रकोट गाउँपालिकाबाट ७ सय पचास जनाले बेरोजगारी फर्म भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्