Logo

भ्यानले ठक्कर दिँदा एक युवकको मृत्यु



Spread the love

२८ जेठ, काठमाडौं ।  भ्यानले ठक्कर दिँदा पोखरामा एक युवकको मृत्यु भएको छ। पोखरामा मजदूरी गर्दै आएका २० वर्षीय कृष्ण प्रसाद चौलागाईंको मंगलबार भ्यानले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चौलागाईंको मुत्यु भएको हो।

घाइते भएका उनको उपचारका लागि पोखरा हस्पिटलमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। भ्यानका चालक नवलपरासीका ४० वर्षीय कृष्ण सुवेदीलाई स्थानीयले समातेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्