Logo

गुल्मीमा दोस्रो छात्रा फुटबल प्रतियोगिता सुरु



Spread the love

गुल्मीको सदरमुकाम तम्घासमा दोस्रो छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । समग्र फुटबलको विकास तथा दक्ष छात्रा फुटबलर उत्पादन गर्न उद्देश्यका साथ पुल्चोक स्पोर्टस क्लबले प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको मङगलवार रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गदै मेयर भुसालले खेलले व्यक्ति र सिङ्गो राष्टको नाम उँचो पार्ने बताए । चार दिन सम्म चल्ने उक्त छात्रा फुटबल प्रतियोगितामा रेसुङगा नगरपालिका भित्रका दश वटा माध्यमिक तहका विद्यालयको सहभागिता रहेको पुलचोक स्पोर्टस क्लबका अध्यक्ष नवीन श्रेष्ठले बताए ।

जिल्लाभरका माध्यमिक तहका विद्यालयले सहभागिता जनाउन पाउने भएता पनि प्रतियोगितामा रेसुङगा नगरपालिका भित्रका विद्यालयको मात्र सहभागिता रहेको छ । मङ्गलवारको उद्घाटन खेलमा गण्डकी ईङलीस बोर्डिङ स्कुल,उपल्लो तम्घास मावि र रिर्डस पब्लिक स्कुलले विजयी सुरुवात गरेका छन् । गण्डकी ईङलीस बोर्डिङ स्कुलले महेन्द्र माविलाई , उपल्लो तम्घास मावि तम्घासले बुद्ध मावि र रिर्डस पब्लिक स्कुलले अजुर्न मावि लाई १ – ० ले पराजित गदै खेलमा विजय सुरुवात गरेका हुन ।

 

प्रतियोगिताको फाईलन खेल जेठ ३२ गते हुने छ भने विजेताले बिस हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र साथै उपविजेताले दश हजार नगद सहित मेडल र प्रमाण पत्र प्रान्त गर्न छन् । विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीले पनि पुरस्कार प्रान्त गर्न अध्यक्ष श्रेष्ठले सल्लेरी खबर लाई बताए ।

गुल्मी जिल्लाबाट दक्ष तथा राम्रा छात्रा फुटबल खेलाडी उत्पादन गर्न उद्देश्यले पुलचोक स्पोर्टस क्लबले गत वर्ष देखी गुल्मीमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्