Logo

बोस्नियामाथि इटालीको रोमाञ्चक जित



Spread the love

२९ जेठ, काठमाडाैँ – युरो कप छनोट अन्तर्गत भएको खेलमा ईटालीले बोस्निया हर्गोभिनामाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई पछि परेको स्थिति उल्ट्याउँदै २–१ गोलको जित दर्ता गरेको हो  ।

ईटालीको घरेलु मैदान टुरिनमा भएको खेलको ३२ औ मिनेटमा ईडिन जेकोको गोलबाट पाहुना टोलीले अग्रता लिएको थियो । ४९ औ मिनेटमा लोरेन्जो ईनसाईनले खेल बराबरीमा ल्याएका थिए । ८६ औ मिनेटमा फरवार्ड भेराट्टीले गोल गर्दै ईटालीलाई पुनरागमन जित दिलाए ।

समुह जेको शीर्ष स्थानमा रहेको ईटालीले ४ खेलबाट १२ अंक जोड्यो । बोस्निया ४ अंक सहित समुहको पाँचौ स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्