Logo

लुकाकुको २ गोलमा बेल्जियमको लगातार चाैँथो जित



Spread the love

२९ जेठ, काठमाडाैँ – युरो कप छनोट अन्तर्गत भएको खेलमा बेल्जियमले स्कटल्याण्डलाई ३–० ले पराजित गरेको छ । समुह आईको खेलमा रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले सहज जित निकालेको हो ।

पहिलो हाफको थप समयमा लुकाकुले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा लुकाकुले बेल्जियमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।केभिन डे ब्रुएनाले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

समुहको शीर्ष स्थानको बेल्जियमले ४ खेलबाट १२ अंक जोडेको छ । स्कटल्याण्ड ६ अंक सहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्