Logo

नुवाकोट–११ फाइनलमा



Spread the love

२९ जेठ, काठमाडाैँ – नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट–११ फाइनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाइनल खेलमा पुलिस क्लबलाई १–० गोलले हराउँदै घरेलु टोली नुवाकोट–११ फाइनलमा प्रवेश गरेको हो ।

खेलको ४०आँै मिनेटमा नुवाकोट–११ का रोमियोले निर्णायक गोल गरेका थिए । यसअघि खेलको २०आँै मिनेटमा पुलिसका खेलाडीको प्रहार बारमा लागेर फर्किएको थियो । नुवाकोट–११ का खेलाडीको प्रहार पनि बारमै लागेर फर्किएको थियो । खेलको म्यान अफ दी म्याच नुवाकोट–११ का भिक्टो घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

फाइनलमा नुवाकोट–११ ले सङ्कटा र च्यासल युथ बीचको बुधबार हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्ने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्