Logo

ढिस्कोले पुरिएर मृत्यु



Spread the love

२९ जेठ, काठमाडाैँ – मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ का अम्मरबहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग खन्ने क्रममा माटोको ढिस्को पल्टिएर पुरिँदा सिन्धुपाल्चोक घरभई हाल पुरानो थिमि बस्ने ३५ वर्षीया रोजनी खड्काको मृत्यु भएको हो ।

घटना लगत्तै उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा खड्काको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । सो घटनामा घाइते भएका सिन्धुपाल्चोक सुनखानी–५ घरभई हाल कुण्डोलमा बस्ने ३८ वर्षीय दावा तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्