Logo

खादाको सट्टा फूलको माला प्रयोग गरिने



Spread the love

२९ जेठ, लमही। दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको भन्दै उपमहानगरपालिकाले खादाको सट्टा स्थानीय स्तरमा पाइने फुलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारेको छ ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार प्लाष्टिकजन्य सामग्री निशेध गरी दुनाटपरीलाई प्राथमिकता दिने समेत नीति अघि सारेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

फोहर विर्सजन गर्ने स्थायी स्थान नहुँदा बजारको फोहरलाई तुलसीपुरको महेन्द्र मावि नजिकै रहेको खोलामा थुपार्ने गरिएकामा अब उपमहानगरपालिकाले फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने नीति अघि सारेको प्रमुख पाण्डेले बताउनुभयो । ‘‘दिगो रुपमा फोहोर व्यवस्थापन गर्न फोहोरमैला बिर्सजन गर्नका लागि स्थायी ‘ल्यान्डफिड साइड’ निर्माण गरिनेछ’’, उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाले सामुदायिक र निजी बनलाई दिगो व्यवस्थापन गर्ने, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने, बाढीको जोखिममा रहेका यस क्षेत्रका नदी तथा खोलाहरुमा पूर्व सूचना दिने प्रणाली जडान प्रदेश सरकारसँग समन्वय गर्ने नीति अघि सारेको छ ।

–––रासस

प्रतिक्रिया दिनुहोस्