Logo

भोट हाल्न नपाएपछि श्रीमानप्रति करिष्मा मानन्धरको आक्रोश



Spread the love

स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छिन् ।आफूले मतदान गर्न नपाएपछि करिष्माले पति मालिक बन्ने ‘तानाशाही’ भएको आरोप लगाएकी हुन्। उनले आफूले निर्वाचन दिन नपाउनुको कारण पति विनोद मानन्धर भएको खुलासा गर्दै उनलाई तानाशाहको संज्ञा दिएकी हुन्।

karisma-and-binod1

आजबाट सुरु भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनले करिश्मा र विनोदबीचको सम्बन्ध अहिले कुन अवस्थामा छ भन्ने कुराको समेत पर्दाफास गरेको छ । खासमा विनोद मानन्धरले आफ्नो र छोरीको भोटिङ कार्ड बनाए तर करिश्माको बनाउन उचित ठानेनन् । करिश्माले आइतवार विहानै आफ्नो आधिकारीक फेसबुकमा पोखेको स्टाटसमा लेखिएको छ, ‘म काठमाडौंको नागरिकता भएको मान्छे, उहाँसँग विवाह गरेपछि सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो, म चुप लागे सायद श्रीमानकोमा राख्नु पर्छ होला भनेर । यत्रो बर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाईदिनु भएन । हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ तर उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधे तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ । बसाई सराईको कागज पनि थिएन त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो न म त्यहाँ कहिले बसेको छु कसरी गएर भोट दिने ? अरु सब कुरामा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’

करिष्माले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश अरु कसैको नाममा नभएर आफ्नै पतिका नाममा व्यक्त गर्नु भएको हो। श्रीमानका कारण आफूले मतदाता परिचयपत्र नपाएको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो।
हेर्नुहोस उहाँको पोस्ट:

प्रतिक्रिया दिनुहोस्