Logo

पोखराको उत्तमचोकमा गोली चल्यो, एक जना पक्राउ



Spread the love

२९ जेठ, पोखरा l पोखरामा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । पक्राउ पर्नेमा गोविन्द थापा रहेका छन् l उक्त गोली पोखराको उत्तमचोकमा लागूऔषध कारोबारी थापा ‘जोन’लाई भाग्ने क्रममा चलाएको हो l

‘पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको र गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी दानबहादुर कार्कीले बताएको छ l सोही घटनाको थप विवरण आउँन बाकी नै छ l

प्रतिक्रिया दिनुहोस्