Logo

ट्राफिक प्रहरीलाई घुस दिने एक चालक पक्राउ



Spread the love

२९ जेठ, कोटेश्वर l महानगरीय ट्राफिक प्रहरीलाई घुस दिने क्रममा एक टाटा सुमो चालक पक्राउ परेको छ l पक्राउ पर्नेमा उदयपुर स्थायी घर भएका ३९ वर्षीय आशाराम चौधरी रहेका छन् l

चौधरीले ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने क्रममा पक्राउ परेका हुन्
l जथाभावी से.१ ज ४८४ नम्बरको टाटा सुमो गाडी पार्किङ गरेका चालकलाई ट्राफिक प्रहरीले कागजपत्र माग्दा ठाकुरलाई ५ सय रुपैयाँ घुस दिन खोजेपछि उक्त चालकलाई नियन्त्रणमा लिएको हो l

प्रतिक्रिया दिनुहोस्