Logo

ताप्लेजुङमा श्रीमानद्वारा श्रीमतीलाई खुकुरी प्रहार



Spread the love

२९ जेठ, ताप्लेजुङ।  प्रहरीले ताप्लेजुङमा धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा १ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका-५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पा रहेको छ ।
प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वाले आफ्नै श्रीमती जामु शेर्पालाई  धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो ।

घाइते जामुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्