Logo

थाहा पाउनुहोस् हाँसोबाट मानिसको स्वभाव



Spread the love

 

प्राय जसो मानिसहरू कुनै कुरामा सहमति हुँदा वा चित्त बुझ्द्दा हाँस्ने गर्दछन् l मानिसहरूको आ-आफ्नै हाँस्ने शैली हुन्छन् l त्यो त सबैलाई नै थाहा भएकै कुरा हो l तर के तपाईँलाई यो कुरा थाहा छ ? हासेको आधारमा पनि मानिसहरूको स्वभाव कस्तो छ भन्ने कुरा सजिलै पत्ता लगाउन सकिनेछ l

रोकिएर हाँस्ने व्यक्ति
यदि कुनै व्यक्तिको रोकिएर हाँस्ने बानी छ भने त्यस्ता व्यक्तिले विवेकको सट्टा भावनाले निर्णय गर्नका साथै बचत गर्ने बानी हुने गर्दछ ।

मन्द मुस्कान हाँस्ने व्यक्ति
यस्ता व्यक्ति जो मुसुक्क मुस्कुराएर हाँस्ने गर्दछन् l त्यस्ता व्यक्ति निकै बुद्धिमानी,गम्भीर प्रवृत्तिका,चाँडो नरिसाउनुका साथै कठिन समयमा पनि धैर्यतापूर्ण आफ्नो काम सफल गर्दछन् ।

आवाज निकालेर हाँस्ने व्यक्ति
जो व्यक्ति हाँस्दा आवाज निकाल्छन् । त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुनका साथै जीवनमा सफल पनि हुने गर्दछन् ।

खित्का छाडेर हाँस्ने व्यक्ति
कुनै व्यक्तिको बानी खित्का छाडेर हाँस्ने छ भने त्यस्ता व्यक्ति उत्साही प्रवृत्तिका,सहनशील, तथा सहयोगी स्वभावका हुने गर्दछन् l

प्रतिक्रिया दिनुहोस्