Logo

विराटनगरमा भेटिए डेंगुका दुई जना बिरामी



Spread the love

२९ जेठ, विराटनगर । विराटनगरमा दुई जनालाई डेंगुको संक्रमण भेटिएको छ ।

महानगरपालिका १ र ३ नम्बर वडामा डेंगुको संक्रमण भेटिएको हो । उनीहरुको विराटनगर अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । गत वैशाख ३१ गतेबाट फैलिएको डेंगु रोगबाट संक्रमितको संख्या ३६८ पुगेको छ ।

महानगरपालिकाले डेंगु नियन्त्रणकालागि स्प्रे गर्ने र डेंगु सार्ने लामखुट्टेको बासस्थान नस्ट गर्ने काम सुरु गरेको  र  विराटनगर- १, २, ३ र १० नम्बर वडामा मालाथिन फगी स्प्रे काम सुरु गरेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महासाखाका अधिकृत सुवास नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्