Logo

मतपत्र १, चिन्ह ३७४



Spread the love

matapatra

मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौँ जिल्लाका काठमाडौँ महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठुलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको चिन्ह खोज्नै हम्मे पर्‍यो । आँखा तिरिमिरि भए ।

महानगरपालिकामा संसद्मा प्रतिनिधित्व गर्ने १७ दलगत र स्वतन्त्रका ३ सय ५७ गरी ३ सय ७४ निर्वाचन चिन्ह थिए भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

वडा सदस्यमा दुई जनालाई मत दिनुपर्ने दलगत तर्फ दइटा उही चिन्हसमेत थियो । छैटौँ नम्बरको उक्त चिन्हलाई लिएर मतदाताले समस्या बेहोरे । सबैभन्दा बढी गुनासो यसमै रह्यो ।

प्रतिक्रिया दिनुहोस्