Logo

खेलकुद विकास समिति गुल्मीद्वारा निमार्णाधिन खेल मैदानको अनुगमन



Spread the love

२९ जेठ, गुल्मी – जिल्ला खेलकुद विकास समिति गुल्मीले बुधवार निमार्णाधिन खेलमैदानको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली , जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारी, कार्यलय प्रमुख डिल्ली विश्वकर्मा तथा पत्रकार सहितको टोलीले जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ८ स्थित मालिका मावि खेलमैदानको अनुगमन गरेको हो ।

अनुगमन समितिले दिएको निर्देशन

राष्ट्रिय खेलकुद परिषद् बाट २० लाख विनियोजित रकमबाट निमार्णधिन खेलमैदान असार मसान्तसम्म सक्ने उद्देश्य रहेको छ । मैदानको
काम सन्तोष जनक ढङ्गबाट अघि नबढेको भन्दै अनुगमन टोलीले लिखित निर्देशन समेत दिएको छ । निमार्णाधिन खेलमैदानको लेभल मिलाएर समथर पार्ने, पानीको निकास तत्काल खोज्नु पर्ने, हालसम्मको आम्दानी खर्च समितिमा सार्वजनिक गर्नु पर्ने ,सम्झौता बमोजिम समयमै काम सम्पन्न गर्नु पर्ने निर्देशन अनुगमन टोलीले दिएको छ ।

राष्ट्रिय खेलकुद परिषदबाट गुल्मीमा यो वर्ष ९७ लाख रकम विनियोजन गरिएको थियो । जसमा रुरु गाउँपालिका वडा नम्वर १ मा रुरु कभर्ड हल र मौली क्रिकेट खेल मैदान सम्पन्न भएका छन् भने यी योजनालाई राष्ट्रिय खेलकुद परिषदबाट क्रमशः २० लाख र ७ लाख रकम विनियोजन भएको थियो ।


यसका साथै सदरमुकाम तम्घासमा ५० लाखको लगानीमा खेलकुद भवन तथा कभर्ड हलको निमार्ण कार्य अन्तिम चरणमामा रहको जिल्ला खेलकुद विकास समितिका  कार्यलय प्रमुख डिल्ली विश्वकर्माले बताए । यो वर्ष गुल्मीमा राष्ट्रिय खेलकुद परिषद बाट सन्तोष जनक बजेट विनियोजन भएको र काम पनि सोही अनुरुप भएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्