Logo

डोटीमा नेकपाको शपथग्रहण सम्पन्न



Spread the love

डोटी, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । सो पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गरेका हुन् ।

पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उनीहरूले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन् ।

पार्टीको नीति र सिद्धान्तअनुसार आफूहरुले काम गर्ने जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्लले बताए । जिल्ला सदस्यको शपथसँगै डोटीमा नेकपा जिल्ला कमिटी डोटीले पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्