Logo

ठूलो परिमाणमा गाँजा बरामद



Spread the love

सुभेन्द्र दास लहान ।

सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठुलो मात्रामा अबैध नसालु पदार्थ गाँजा बरामद गरेका छन । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊबाट तयारी अबस्थामा राखि राखेको दुई बोरा बराबर सय केजी गाँजा बरामद गरेको आज बुधबार पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीले जानकारी दिए । प्रहरी आएको सूचना थाहा पाएपछि गाँजा तस्करहरु गाँजाको बोरा फालेर फरार भएको निरिक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्