Logo

चलचित्र ‘मारुनी’ को गीतमा ‘जाम्न माया जाम’मा पुष्प र साम्राज्ञी फिचर्ड ( हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समया निकै चर्चामा रहेको जोडी पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय रहेको चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा पुष्प र साम्राज्ञीको दमदार प्रस्तुती गरेका छन् । रिक्की शाक्यले रचना गरेको गीतलाई दिपक बज्राचार्यले स्वर र संगीत भरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा पुष्प, साम्राज्ञी, रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । साम्राज्ञीले यो चलचित्रमा फरक खालको भूमिका निभाएकी छिन् ।

चलचित्रलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी छिन् । प्रविण सिंहले कोरियोग्राफी गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्र आउदो भदौ १३ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्देशक नेपालले बताएका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्