Logo

अख्तियारको टोलीद्वारा इञ्जिनियर १ लाख घुससहित पक्राउ



Spread the love

३० जेठ, इटहरी। अख्तियारको टोलीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठ हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले उनलाई झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

श्रेष्ठमाथि आवश्यक अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्