Logo

ईटहरीमा चलचित्र संघको भवन शिलान्यास



Spread the love

नेपाल चलचित्र संघले सुनसरीको इटहरीमा निर्माण गर्न लागेको पूर्वाञ्चल भवनको आइतबार शिलान्यास गरिएको छ । संघका वर्तमान सभापति प्रदिपकुमार उदय, पूर्व अध्यक्ष राजकुमार पोखरेल र पूर्वाञ्चल सभापति चैतन्य बराल  लगायतले संयूक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।

chalachitra
संघका अध्यक्ष उदयका अनुसार एक वर्षमा निर्माण गरि सकिने भवन इटहरीको आइतबारेमा बन्दैछ । शिलान्यास अघि पूर्व अध्यक्ष पोखरेलको प्रमुख आतिथ्य र वर्तमान अध्यक्ष उदयको अध्यक्षतामा संघको पूर्वाञ्चल भेला भएको थियो ।साथै, संघको पूर्वाञ्चल भेलाले नेपाल चलचित्र संघको वृहतर हितमा एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्