Logo

‘जनताको आन्दोलनलाई कुनै शक्तिले पनि रोक्न सक्दैन’



Spread the love

३० जेठ, काठमाडौँ l सरकारले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन काँग्रेसका सांसद भीमसेन दास प्रधानले ध्यानाकर्षण गराएका       छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा खास समय लिई बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरीत सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गर्दै सरकारी विधेयकविरुद्ध उपत्यकामा नियमित विरोध प्रदर्शन र आन्दोलनहरू भइरहेको भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

उनले भने, ‘काठमाडौँमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदै छ । विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालाहरूसँग परामर्श गरेर विधेयक संशोधन गरेन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्याउछ भनेर भन्न सकिन्न ।’

जनताको आन्दोलनलाई कुनै शक्तिले पनि रोक्न नसक्ने भन्दै उनले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराए ।

‘काठमाडौँका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन ।

संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो’ काठमाडौँ ६ बाट निर्वाचित सांसद प्रधानले भने, ‘काठमाडौँका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।’

सरकारले गुठी विधेयकमार्फत ऐतिहासिक, पुरातात्विक महत्त्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोलेको आरोप उनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्