Logo

संविधान संशोधन नगरे सांसद छोडेर सडक उत्रने : लक्ष्मणलाल कर्ण



Spread the love

३० जेठ, काठमाडौँ l प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए सांसद छोडेर सडक सङ्घर्षमा उत्रने राजपाका सांसद लक्ष्मणलाल कर्णले चेतावनी दिइएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदै विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी दिए l

उनले भनेका छन् “हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद् बाहिर जाँदाको समयको याद होला तपाईँलाई ? यही ठाउँबाट हामी गएका हौ बाटोमा । फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु । सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाइहरू पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु । ”

प्रतिक्रिया दिनुहोस्