Logo

” झापामा चिनाहघारी लगायत सशस्त्र क्याम्पस समेत नेकपाको कब्जामा ”



Spread the love

३० जेठ, काठमाडौँ । नेकपा कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र झापा क्षेत्र नं ५ मा चिहानघारीदेखि सशस्त्र क्याम्पस समेत कब्जामा गरे पश्चात् यो विषय संसद्मा पुगेको छ l

आजै प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बूले झापा क्षेत्र नं ५ मा आफ्ना पितापूर्खादेखि जारी रहेको चिहानघारीमाथि मदन भण्डारीको नाममा नेकपाले हस्तक्षेप गरेकोमा दुख व्यक्त गर्दै त्यस्ता क्रियाकलाप रोक्न सरकारसँग माग गरिन् ।

सोही क्षेत्रमा माफियाको विगविगी रहेको भन्दै हालै एमालेका कार्यकर्ताहरूले कमल गाउँपालिका वडा नं १ मा रहेको सशस्त्रको क्याम्पको जग्गा पनि कब्जा गरेको आरोप लगाएकी छिन् । उनले सत्तारुढ नेकपालाई सक्छन् भने खाली जग्गा मदन भण्डारीको नाममा कब्जा गरेर देखाउन चुनौती पनि दिएकी छन् l

प्रतिक्रिया दिनुहोस्