Logo

नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लियोनीको धमाकेदार आइटम डान्स (हेर्नुहोस् भिडियो)



Spread the love

बलिउडकी हट एण्ड ग्ल्यामरस नायिका सन्नी लियोनीले नेपाली चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीतमा धमाकेदार आइटम डान्स गरेकी छिन् । सन्नीले आइटम डान्स गरेका कारण यो गीतको भिडियो लामो समयदेखी प्रतिक्षामा रहेको थियो ।

भिडियोमा हट नायिका सन्नी लियोनी र नायक अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । यस चलचित्रमा नायक अनुप विक्रम शाहीले फरक खालको भूमिका निभाएका छन् ।

विक्रम जोशीको शब्दमा बनेको गीतमा अर्जुन पोखरेलले संगीत भरेको हुन् भने दुर्गा खरेलले समधुर स्वर दिएकी छन् । चलचित्रको मुख्य भूमिकामा अनुप विक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकार रहेका छन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको भिडियोलाई अमर जीत सिंहले छायांकन गरेका हुन् । अमित बस्नेत र हिराल जोशीले संयुक्त निर्माण गरेको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सन्नीको आइटम डान्सले गर्दा चलचित्रको व्यापार फस्टाउन सक्ने निर्देशक सम्राट बस्नेतले बताएका छन् । चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=TGNlBS9xXtI

प्रतिक्रिया दिनुहोस्