Logo

हिट ‘गलबन्दी’ चोरीको विवाद, प्रकाश सपुत र शम्भु राईबिच संवाद (हेर्नुहोस् दुवै भिडियो)



Spread the love

नेपाली लोक दोहोरी सांगीतिक क्षेत्रमा सबैको नजर यतिबेला ‘गलबन्दी’ बोलको गीतमा परेको छ । चर्चित गायक प्रकाश सपुत र शान्ति श्री परियारको स्वरमा रहेको उक्त गीतलाई ठुलो झट्का लागेको छ किनभने ‘गलबन्दी’ गीत चर्चित गायक शम्भु राईको गीत ‘देउसी भैली’ भाका नक्कल गरेको गायक राईले दाबी गरेका छन् ।

 

गीतको विवाद गहिरिँदै गएपछि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमतिको बिन्दु पहिल्याउने प्रयास थालेका छन् । पंगेनीको पहलमा उनकै घरमा बिहीबार बिहान शम्भु र प्रकाशबिच भेटघाट भएको थियो ।

प्रकाशको ‘गलबन्दी’ को लय र आफूले बनाएको ‘देउसी भैली’ गीतको लयसँग मिलेको गायक शम्भु राईले दाबी गरेका छन् । आफ्नो गीतको नक्कल भएको टुलुटुलु हेरेर बस्न नसक्ने राईले बताएका छन् ।

तर प्रकाश सपुतले यसरी जवाफ दिएका छन् “मैले गाउँघरतिर सुनेको भाकालाई टिपेर गीत बनाएको हुँ तर नियतवश शम्भु राईको ‘देउसी भैली’ संगीत मिलन गएछ । श्रोतालाई सुन्दा ‘गलबन्दी’ गीत पहिले सुनेजस्तो लाग्छ भने ठिकै छ तर संगीतको शुद्धीकरणको लागि, अग्रजको सम्मानका लागि, कपिराइटको बिषयमा बहसका लागि कारबाही भोग्नुपरे पनि म तयार छु ।”

प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी’

चर्चित गायक शम्भु राईको ‘देउसी भैली’:

भिडियो:

 

प्रतिक्रिया दिनुहोस्