Logo

सर्पले डस्दा एक युवाको ज्यान गयो



Spread the love

३१ जेठ, सर्लाही । सर्लाहीमा विषालु सर्पले डस्दा एकजनाको ज्यान गएको छ ।

घरमै सुतिरहेको अवस्थामा मलंगवा नगरपालिका-८ का २५ वर्षिय कनही साहको विषालु सर्पले डस्दा मृत्यु भएको हो।

साहलाई सर्पले डसेको थाहा पाएपछि परिवार सदस्यहरूले उपचारका लागि  जिल्ला अस्पताल मलङ्गवा लैजाने क्रममा बाटैमा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्