Logo

नेपाल-भारत सीमा क्षेत्र जोगबनी नाका ठप्प



Spread the love
 

३१ जेठ, मोरङ l हिजो देखि नेपाल-भारत सीमा क्षेत्र जोगबनी नाका बन्द भएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतको जोगवनी भन्सारका एजेन्ट बिचको विवाद बढ्दै गएपछि त्यसको असर सीमा नाकामा परेको हो ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामग्रीहरू लिएर नेपाल आउँदै गरेको मालवाहक गाडीहरू सिमामै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताएको छ l

उक्त नाका बन्दका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ ओसारपसार गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन् ।

नेपालबाट खाली गाडीलाई विराटनगर–१८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्