Logo

विश्वकप क्रिकेट : वर्ल्डकप होइन ‘रेन कप’



Spread the love

३१ जेठ, काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता जति अपेक्षा गरिएको थियो त्यसभन्दा निकै कम यस पटकको विश्वकप भिडन्त रोमाञ्चक बनेको छ । किनकि हरेक दिन जसो मौसमले धोका दिँदै आएको छ र फ्यानहरुले समेत यो वर्ल्डकप लाई ‘रेन कप’ को उपनाम दिएका छन् ।

विश्वकप क्रिकेटमा १० देशको सहभागिता रहदा सबैले सबैसँग खेल्नुपर्ने र शीर्ष चार टोलि सेमिफाइनलमा पुग्ने प्रावधान राखिएकाले यस पटकको विश्वकप अघिल्लो भन्दा निक्कै रोमाञ्चक हुने अनुमान गरिएको थियो । तर ,अहिले पानीले गर्दा तीन वटा खेल टस पनि हुन पाएनन् भने एउटा खेल ८ ओभर पनि चलेन ।

जारी विश्वकपको हाई भोल्टेज गेम भनेको भारत र पाकिस्तानबीचको हो । अब भारत र पाकिस्तान १६ जुन अर्थात आउँदो आइतबार भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्