Logo

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए



Spread the love

३१ जेठ,घाज्नी l अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । घाज्नी प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन । (रासस)

प्रतिक्रिया दिनुहोस्