Logo

सलमान खानको प्रतिच्छित फिल्म ‘ट्यूबलाइट’ को पहिलो गित ‘द रेडियो सँग ’ रिलिज (हेर्नुहोस् भिडियो )



Spread the love

ईदमा रिलिजको तयारी भईरहेको बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म  ट्युवलाईटको पहिलो गित ‘द रेडियो सँग ’ रिलिज भएको छ ।tubelights-song-radio-is-set-in-the-1960s-201705-972358

अमित मिश्राको  स्वर रहेको  यस गितलाई प्रीतम ले कम्पोज़ गरेका हुन ।गितमा सलमानलाई बच्चाहरुसँग रमाईरहेको  देख्न सकिन्छ । कबिर खान निर्देशित यो फिल्म यसकारण पनि खास छ, किनकी फिल्ममा शाहरुख खानले केमियो गरेका छन् । फिल्मलाई  निर्देशक कबिर खानले नै निर्देशन गरेका छन् ।

tubelight-song

फिल्ममा सलमानसँगै सोहेल खान र एक चिनियाँ अभिनेत्री जूजू लिड अभिनयमा छन् ।’ट्यूबलाइट’ को कहानी भारत-चीन युद्धमा आधारित छ । निर्देशक कबिर खानसँग सलमानको यो तेस्रो फिल्म हो ।

salman-khan-never-seen-before-avatar-in-tubelight-will-make-you-eager-for-the-film-201705-972351

यसभन्दा अगाडी उनीहरुले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ जस्ता रेकर्ड तोड फिल्म दिइसकेका छन् । ‘ट्यूबलाइट’ २३ जुन, २०१७ मा रिलिज हुँदैछ ।

 

हेर्नुहोस (भिडियो):

 

 

 

 

प्रतिक्रिया दिनुहोस्