Logo

महाभूकम्पको आतङ्क फैलाउने ‘ज्योतिष’ रिहा



Spread the love

३१ जेठ, काठमाडौँ l  नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतङ्क फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन क्षेत्री रिहा भएका छन् ।

पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिइएको छ l

प्रहरीले अर्जुनलाई गत २१ गते सर्वसाधारणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गौशालाबाट पक्राउ गरेको थियो । उनले यूट्यूव भिडियोमार्फत महाभूकम्प आउँछ भन्दै आतङ्क फैलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्