Logo

वडा कार्यालय चोरी



Spread the love

३२ जेठ सप्तरी । गएराति राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयमा चोरी भएको छ। कार्यालयबाट एक/एक थान ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद चोरी भएको वडाअध्यक्ष समीर झाले बताए ।

आज बिहान कार्यालयको ढोकाको ताला फोडेको र आवश्यक कागजातहरु बाहिर छरपस्ट अवस्थामा भेटिएको थियो। भित्र गएर हेर्दा चोरी भएको पाइएको वडाअध्यक्ष झाले जानकारी दिए । प्रहरीको टोलि घटनास्थलमा पुगी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्