Logo

धुलिखेलमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु



Spread the love

३२ जेठ काभ्रे । काभ्रेको धुलिखेलमा टिपर दुर्घटना हुँदा चालकले ज्यान गुमाएको छ । बिहान भकुण्डेबाट धुलिखेल जादै गरेको बा २ क ४६७५ नम्बरको टिपर सिमल बोटमा दुर्घटना हुँदा गोरखा जिल्ला निवासी २६ वर्षीय भुपेन्द्र रेग्मी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आफैँ टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसी दुर्घटना भएको प्रहरीको भनाइ छ ।

उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्