Logo

विमानस्थलमा बिस्कुन !



Spread the love

३२ जेठ रुकुम । रुकुमको चौरजहारी विमानस्थलमा एक महिनादेखि उडान तथा अवतरण नभएपछि विमानस्थलमा बिस्कुन सुकाउन थालिएको छ ।

उडान वैशाख तेस्रो सातादेखि भएका छैन । बन्द हुनुको कारण भने नेपाल नागरिक उड्डयन प्राधिकरण पनि जानकारी छैन । तर, चौरजहारी कार्यालयले जहाज अपुग हुँदा बन्द गरिएको जनाएको छ ।

जहाज नआउदा विमानस्थलमै बिस्कुन सुकाउन थालिएको हो । स्थानीय बासीले नभएर सुरक्षाकर्मीले नै सुकाएको छ ।

दुई वर्ष लगाएर ०७३ भदौमा कालोपत्रे गरिएको थियो । त्यही असोजदेखि सञ्चालनमा आएको विमास्थल पुन बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्