Logo

चर्चित नायिका बेनिशा हमालको सुन्दरता (हेर्नुहोस् फोटो फिचर)



Spread the love

‘स्वर’ बाट नेपाली चलचित्रमा भित्रिएकी अभिनेत्री हुन्- बेनिशा हमाल । लामो समय रेडियो प्रस्तोता र भिजेका रूपमा काम गरेकी उनले ‘मोह’ म्युजिक भिडियोमार्फत मोडलिङ्गमा छिरेकी हुन् । चलचित्र ‘स्वर’ खेल्नु भन्दा पहिला उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । उनले अभिनय गरेको चलचित्र ‘कालो पोथी’ ले नेपाललगायत अमेरिका र अन्य देशमा बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट भएको थियो ।

पछिल्लो समय उनी विविध कारणले चर्चामा रहेकी छिन् । कहिले उनको सुन्दरता त, कहिले उनको अभिनयले नेपाली चलचित्रमा हंगमा मच्याएकी छिन् ।

उनले अभिनय गरेका ‘ज्यान हाजिर छ’, ‘महसुस’, ‘ब्लाइन्ड रक्स’, ‘रहरै रहरमा’, ‘किङ’ लगायत चलचित्र सुपरहिट भइसकेका छन् भने २०७५ मा प्रदर्शनमा आएको चलचित्र ‘झ्यानाकुटी’ भने व्यापारिक हिसाबले त्यति सफल भएन ।

उनले २०७५ मा चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट नायिकाको अवार्ड समेत जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्