Logo

सल्यानमा आगलागी हुँदा तीन घरगोठ जलेर नष्ट



Spread the love

३२ जेठ सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाको जंगलमा लागेको आगो बस्तीमा फैलदा तीन घरगोठ जलेर नष्ट भएको छ ।

शनिबार दिउँसोदेखि सिद्धपोखरी सामुदायिक वनमा लागेको आगो मानव बस्तीमा आउदा तीन घरगोठ जलेको वडा अध्यक्ष लीलाधर घर्तीले बताए। उनका अनुसार हावाहुरी चलेका कारण आगो नियन्त्रण बाहिर रहेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, वनका उपभोक्ता, स्थानीयबाट वनमा लागेको आगो नियन्त्रणको लागि प्रयास भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्