Logo

‘सी’ डिभिजन छनोट: आजबाट दोश्रो चरणका खेलहरू हुने



Spread the love

१ असार, काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता अन्तर्गत नकआउट चरणको खेलहरू आजबाट सुरू हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार सार्वजनिक गरेको दोस्रो चरणको खेल तालिका अनुसार आजबाट दोश्रो चरणका खेलहरू हुने भएका हुन् । एन्फाले दोस्रो चरणका लागि छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका निकालेको छ ।

एक समूहमा ४ टोली राखिएको छ । र, हरेक समूहको विजेता टिम ‘सी’ डिभिजन लिगमा बढुवा हुनेछ । यस पटक ३ क्लब ‘सी’ डिभिजनमा बढुवा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्