Logo

आँखा शिविरबाट २५० ज्येष्ठ नागरिक लाभान्वित



Spread the love

 

१ असार, कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरमा शनिबार ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २५० लाभान्वित भएका छन् ।

भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पताल तथा महेन्द्रनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा २५० ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको भीमदत्तनगर आँखा अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए । उनका अनुसार ८० दृष्टिदोष भएका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा चश्मा वितरण गरिएको छ ।

आँखा जाँचका क्रममा मोतियाविन्दु भएको पाइएका ५५ र एक आँखामा मासु पलाएका ज्येष्ठ नागरिकको भीमदत्तनगरस्थित आँखा अस्पतालमा आइतबार निःशुल्क शल्यक्रिया गरिने अधिकृत धामीले बताए । शिविरमा आँखा जाँच गराउन पुगेका ज्येष्ठ नागरिक गुञ्जे धामीले निःशुल्क आँखा जाँच गराउन पाउँदा निकै खुशी लागेको बताए ।

आर्थिक अभावले घरभन्दा टाढा पुगेर आँखाको उपचार गराउन पाएको थिइनँ, उनले भने, “घर नजिकै निःशुल्क शिविर आएपछि आँखामा भएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने भएपछि पुनः पहिलाजस्तै देख्न सक्ने आशा जागेको छ ।”

प्रतिक्रिया दिनुहोस्