Logo

तोडियो २ दशक पुरानो इतिहास, पहिलो खेलमै हार्यो अर्जेन्टिना



Spread the love

१ असार, काठमाडाैँ – लियोनल मेसी सम्मेलित अर्जे्न्टिना कोपा अमेरीका २०१९ अन्तर्गत समूह चरणको पहिलो खेलमै पराजित भएको  छ । आइतबार बिहान भएको खेलमा अर्जे्न्टिना कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको सुरूवाति मिनेट देखि नै तुलनात्मक रूपमा अर्जे्न्टिना भन्दा बलियो रूपमा प्रस्तुत भएको कोलम्बियाले पहिलो हाफमा गोल गर्न नसके पनि दोश्रो हाफमा गोल गर्यो । खेलको ७१ औँ मिनेटमा जेम्स रोड्रग्वेजको पासमा उत्कृष्ट गोल रोजर मार्टिनेजले गर्दै कोलम्बियालाई आवश्यक अग्रता दिलाए ।

पहिलो गोल सामना गरेको अर्जे्न्टिना केही मिनेट सन्तुलित देखिए पनि निरन्तरता दिन नसक्दा दोश्रो गोलको सामना गर्न बाध्य भयो । कोलम्बियाका लागि ८६ औँ मिनेटमा डुभान जपाटाले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे ।

कोलम्बियाले २० वर्ष पछि अर्जे्न्टिनालाई कोपा अमेरीकामा पराजित गरेको हो । कोलम्बियाले अर्जे्न्टिनालई सन् १९९९ पछि पराजित गर्न सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्