Logo

सिन्धुलीको तीनपाटन गाउँपालिका प्रमुखमा कांग्रेस विजयी



Spread the love

सिन्धुलीको तीनपाटन गाउँपालिकामा कांग्रेसका कर्णबहादुर थापामगर विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय १ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका छत्रबहादुर दाहालले ५ हजार ६ सय ८२ मत प्राप्त गर्नु भएको छ ।

karna

गाउँपालिकाको उपप्रमुखमा एमालेकी पद्ममाया तामाङ ५ हजार ७ सय २२ मत सहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी चिन्तादेवी दाहालले ५ हजार ९१ मत प्राप्त गर्नुभएको छ । ११ वडा भएको तीन पाटन गाउँपालिकामा ६ वटा वडामा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ वडामा जीतेको छ ।

प्रतिक्रिया दिनुहोस्