Logo

बाहुबली-२ ले बनायो नयाँ किर्तिमान



Spread the love

बलिउड निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबाली २ः द कन्क्लुजन’ ले नयाँ किर्तिमान बनाएको छ । तीन हप्ता अगाडि रिलिज भएको फिल्मले अहिलेसम्म १५ सय करोड भारु कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

baahubali-1500

बाहुबली २ हिन्दी, मलायलम लगायतका भाषामा रिलिज भएको छ। आमिर खान अभिनित फिल्म दंगलले अहिलेसम्म विश्वव्यापी रुपमा १२ सय करोड कमाएको छ।

यसअघि पहिलो दिनमा सर्वाधिक ब्यापार गरेका तीन खानका फिल्म कुनै नै कुनै चाडका अवसरमा रिलिज भएका थिए। तर बाहुबली २ कुनै चाड विशेषमा रिलिज भएको होइन। राज मौलीले निर्देशन गरेको यो फिल्ममा प्रभास, राणा डग्गुवती, अनुष्का शेट्टी, रमैया कृष्णन, तमन्ना लगायतका कलाकारको अभिनय रहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार २८ अप्रिलमा रिलिज भएको फिल्मले रेकर्डमाथि रेकर्ड बनाइरहेको छ ।फिल्मले रिलिजको पाँचौं दिन विश्वव्यापी रुपमा ५ सय १९ करोड कमाई गरेको थियो ।यो फिल्म रिलिजको नवौं दिनमा  हजार करोड क्लबमा प्रवेश गरेको थियो । फिल्मको विश्वव्यापी कलेक्सनका आधारमा फिल्म  २१ दिनमा १५०० करोड क्लबमा प्रवेश गरेको हो ।
बलिउड फिल्मको इतिहासमा यो फिल्मबाहेक अन्य कुनै पनि फिल्मले यसअघि १५०० करोड क्लबमा प्रवेश गरेको थिएन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्