Logo

विल्सन विक्रम राई अभिनित बलीउड फिल्मको टीजर सार्वजनिक



Spread the love

नेपाली हास्यकलाकार विल्सन विक्रम राई अभिनित पहिलो बलीउड फिल्म ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ । टिजरमा विल्सनलाई वलिउड अभिनेत्री आयशा टाकियासँग देख्न सकिन्छ ।

vilshan-vikram-bollywood-film-takme-budha-aisha
वाल मनोविज्ञानको कथा पनि टिजरले बोल्छ भने टिजरले रिभेञ्ज स्टोरी फिल्मले उठाएको भान दिलाउँछ ।  यो फिल्ममा सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारहरु पनि मुख्य भूमिका रहेको छ । फिल्मलाई आशूतोष वाराङले निर्देशन गरेका हुन् ।

यसअघि सार्वजनिक स्थिर दृश्यमा चाईनिज लुक्समा देखिएका विल्सनको उक्त प्रकारको गेटअप टिजरमा भने जोडिएको छैन् । फिल्मको प्रदर्शन मिति भने तय भईसकेको छैन् ।

हेर्नुहोस् टिजर:

https://vimeo.com/209077191

प्रतिक्रिया दिनुहोस्